सुर्खेतमा लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुरु

266
Shares

सिर्जना बुढाथोकी, सुर्खेत ।

लोक सेवा आयोगहरुको चौथो राषि्ट्रय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बुधवारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन संघीय लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गरेका छन् ।

उनले लोक सेवा आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउन प्रदेश लोक सेवा आयोगहरुलाई सुझाव दिनुभएको छ । लोक सेवा आयोगहरु आम नागरिकहरुका आस्था र विश्वासका धरोहर भएकोले यी संस्थाको गरिमालाई अझै बढोत्तरी गरी आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउनेतर्फ लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुवीच प्रभावकारी सहकार्य र समन्वय हुन अति आवश्यक रहेको जनाएका छन् ।

योग्यता प्रणालीका आधारभूत मूल्य मान्यता, सिद्धान्त, मापदण्ड तथा विधि प्रविधिहरुको पूर्ण अनुशरण र समयानुकूल परिष्कृत गर्दै लैजानु, राजनीतिक, सामाजिक र व्यकि्तगत सम्वन्धका आधारमा पर्न सक्ने प्रभाव, दवाव र आग्रहबाट मुक्त भइ निष्पक्ष भर्ना र छनोटद्वारा राज्यको सेवामा वर्तमान र भावी चुनौतीहरुको सामना गरी राज्यलाई निकास दिनसक्ने योग्य जनशकि्त प्रवेश गराउनु आयोगको मूल उद्देश्य रहेको उनले प्रष्ट पारेका छन् ।

आयोगहरुमा समान चुनौतीहरु रहेको हुँदा राषि्ट्रय सम्मेलनले लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगवीचको अन्तर सम्वन्ध्का आधारहरुलाई थप मजबुत बनाउँदै लगेको उनको भनाइ छ

आयोगहरुबाट सम्पादन गरिने कार्यक्षेत्रमा फरक भएपनि कार्य प्रकृतिमा एकरुपता रहेको भन्दै उनले कार्यसम्पादनमा गुणस्तरीयता र विश्वसनीयतामा थप अभिवृदि्ध हुने गरी सकि्रय रहन आग्रह गरे । आयोगहरुवीच भएका असल अभ्यासलाई आदानप्रदान गर्न, साझा समस्याहरुको विषयामा साझा बुझाई निर्माण गरी समाधानको मार्ग प्रशस्त गर्न पनि यस्ता सम्मेलनले टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा सुदूरपशि्चम प्रदेश योजना आयोगका अध्यक्ष यज्ञराज बोहरा, कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, लुमि्बनी प्रदेश योजना आयोगका अध्यक्ष डिलाराम भट्टराई, गण्डकी प्रदेश योजना आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश योजना आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश योजना आयोगका सदस्य सजना दाहालले आ-आफ्नो प्रदेशमा भए गरेका काहरुको वारेमा जानकारी गराएका थिए

संघीय लोक सेवा आयोगका सदस्य वीरबहादुर राईले दुई दिनसम्म संचालन हुने सम्मेलनले आयोगहरुले भोग्नुपरेको चुनौती, कठिनाई, राम्रा अनुभवहरुको आदानप्रदान गरी आयोगलाई थप उत्कृष्ट कार्यसम्पादन गर्न सहयोग पुग्ने जानकारी दिए । संघ, प्रदेश र स्थानीय तहहरुलाई योग्य, सक्षम र उत्कृष्ट जनशकि्त छनोट गर्न सम्मेलनले थप कार्य निर्देश गर्ने उनको भनाइ छ । सम्मेलन भाेलि विहीवारसम्म हुनेछ ।