विराजभक्त खेलकुद मन्त्री बन्ने

518
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनको बैठकमा युवा तथा खेलकुद मन्त्रालय आफुले लिने निर्णय गरेको रास्वपाले विराज भक्तलाई पठाउने निर्णय गरेको हो ।
रास्वपा नेता मनिष झाले विराजभक्तलाई युवा तथा खेलकुद मन्त्रीमा पठाउने निर्णय भएको बताएका छन् ।

मन्त्रालय बाँडफाँटसम्बन्धी कार्यदलमा भएको छलफलपछि रास्वपाले ४ वटा मन्त्रालय पाउँदा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि पाएको हो । संसदमा बलियो उपस्थिती देखाउँदै आएका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सांसद हुन् ।