काठमाडौँ।
सूर्य मैनाले जापानी कम्पनीसँगको सहकार्यमा नेपालमा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । सूर्य मैना र जापानस्थित खाइहान समूहको ५० अर्बको संयुक्त लगानीमा नेपालमा २८५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो।
जापानी कम्पनीले नेपाल सरकार, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायहरुसँग मिलेर सूर्य मैनासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएको छ ।
खाइहान समूहले गत फेब्रुअरी २९ मा नेपालमा ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नेपाली कम्पनी सूर्य मैना र उक्त जापानी कम्पनीबीच लगानी गर्ने सम्झौता समेत भइसकेको छ ।
जापानी कम्पनी खाइहान जापानको अमेजन डाटा सेन्टरलाई सोलार ऊर्जा उत्पादन गर्ने संस्था हो । त्यस्तै यो कम्पनीले जापानको पर्यटन क्षेत्रमा समेत काम गर्दै आइरहेको जनाएको छ।
प्रतिक्रिया