ध्यान शिविरको सार्थक अभियान 



जेलभित्र बसेर निस्किँदा मानिस फेरिएर आओस् भन्ने उद्देश्यले लामो तयारीपछि नख्खु कारागार ध्यान केन्द्रको संरचना निर्माणपछि तीन दिनअघि १० दिने ध्यान शिविर सञ्चालन गरियो ।
गृह मन्त्रालयले लामो तयारीपछि गरेको सो शिविरमा भाग लिएका कैदीहरुले जीवनमा कहिल्यै अनुभव नगरेको शान्त, आनन्दको महसुस गरेको अनुभूति सुनाएका थिए । आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शानि्त अनुभूत गर्न विपश्यना ध्यानको अभ्यास गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको समयमा आफूलाई बुझेर नयाँ जीवनको शुरुआतको लागि यस ध्यान शिविरले कैदीहरुलाई प्रेरणा दिएको छ ।
एकचोटि अपराध गरेपछि जीवन सिदि्धयो भन्ने होइन, फेरि नगर्ने भएर नयाँ मान्छे भई समाजमा योगदान गर्न सकोस् भन्ने भावको बीजारोपण गर्न शिविर सफल भएको पाइएको छ । समाजमा बढ्दो क्रममा रहेको …नेगेटिभ टेन्डेन्सीबीच मनलाई शुद्ध बनाउँदै समाजलाई सुसंस्कृत बनाउने अभियानस्वरुप नख्खु कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गरिएको हो । यो अभियानले सार्थकता पाओस् भनेर सबैले कामना गर्नु उचित हुनेछ ।
विपश्यना ध्यान आजभन्दा २५ सय वर्षअघि गौतम बुद्ध स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । त्यसयता गुरु–शिष्य परम्परा अनुसार नटुटीकन यथारूपमा हस्तान्तरण हुँदै आएको छ । यो ध्यान वैज्ञानिक र उत्कृष्ट विधिका रूपमा परिचित छ । तोकिएका मापदण्ड र अनुशासनका विधि पालना गरेर १० दिने आवासीय शिविरमा विपश्यना ध्यान सञ्चालन गरिन्छ ।
नेपालको सन्दर्भमा अन्य व्यकि्तका लागि सहज भए पनि जेलका कैदीबन्दीका लागि विपश्यना ध्यान त्यति अभ्यासमा छैन । यस अवस्थामा गृह मन्त्रालयले दश दिवसीय शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ । शरीरभित्रकै संवेदना र चित्तका गतिलाई समताभावमा रहेर नियाल्ने यो विधि नेपालमा विश्वविख्यात ध्यानगुरु स्व. सत्यनारायण गोयन्काले भित्र्याउनुभएको हो ।
जुन जस्तो छ त्यसलाई साक्षीभाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । …वि भनेको विशेष तवरले र …पश्यना भनेको दृषि्टगोचर गर्ने हो । शील र समाधिमा प्रतिषि्ठत भई भावनामयी प्रज्ञा जगाउने पवित्र दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरूपमा मौन बस्नुपर्ने नियम छ र दशौं दिन मात्र साधकलाई बोल्न अनुमति दिइन्छ । हिन्दू, बौद्ध, मुसि्लम, जैन, शिख, इसाई सबै धर्म र सम्प्रदायका व्यकि्तहरुले यस शिविरमा भाग लिने गरेका छन् । कारागारमा गरिएको यस ध्यान शिविरले कैदीहरुमा आफ्नो मनको भाव–सोचलाई मन्थन गरी हृदय परिवर्तन गर्ने अवसर प्राप्त गर्नेछ । नेपाली समाजमा सकारात्मकताभन्दा नकारात्मकता बढेको सि्थतिमा जीवनलाई हेर्ने सकारात्मक सोच निर्माणका साथै सुशासनमा टेवा पु¥याउन र मानिसको आति्मक परिवर्तन गर्न यो अभियान समय सान्दभिक छ ।
राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी, राज्यका स्रोत–साधनको नजिक रहेका पेसाकर्मी वर्गहरुले राज्यमा जति लुट मच्चाउन सक्यो, सर्वसाधारणलाई जति दुःख दिन सक्यो, भ्रष्टाचार गरेर जति कुम्ल्याउन सक्यो, त्यति शकि्तशाली हुने प्रवृति्तले गाँजेको यो समाजमा नैतिकता, सकारात्मकता, इमानदारिताजस्ता पक्ष सधैँ खडेरीमा पर्दै आएका छन् । नैतिकवान् बन्नुपर्ने विषय शासकले, पहुँचवालाले सार्वजनिक वृत्तमा बोल्ने विषयमा मात्र सीमित हुँदै गएको छ । यही चरित्रले गर्दा राज्ययन्त्र, प्रशासन संयन्त्र पूरै भ्रष्टाचारले जर्जर बन्दै गएको छ । कानुनी व्यवस्था र त्यसको कार्यान्वयनले मात्र समाजमा नकारात्मकता नघटेको अवस्थामा कर्मचारी, सुरक्षा संयन्त्र र अरु निकायमा पनि ध्यानलाई सुशासनको अभियानअन्तर्गत जोड्नु्पर्ने खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्