सदनमा उठेका विषयमा जवाफ दिन सरकारलाई सभामुखको अर्को रुलिङ

112
Shares

काठमाडौं ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा सांसदले उठाएका विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन्।

बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।

यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए। सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आएका छन्।