टिपरको ठक्करबाट २ जनाको मृत्यु, तीन घाइते

1.5k
Shares

मोरङ । 

मोरङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान टिपरले सुमो गाडीलाई ठक्कर दिँदा सुमोमा सवार दुई जनाको मृत्यु भएको हो।

अन्य ३ जना घाइते भएका छन्। मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभर ट्याग गर्ने क्रममा टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले ठक्कर दिएको थियो।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुवाहक बसमा समेत ठक्कर खाएको थियो। सुमोमा सवार ५ जना मध्ये २ जनाको मृत्यु भएको र तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।