टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै



काठमाडौं ।

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई टोली बीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ।

फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आज नामिबियालाई हराउनै पर्ने हुन्छ। नेपालले लगातार दुई खेलमा हार बेहोरेको छ।

नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो। नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।

आईसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ। नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्