पत्रकार ददि सापकोटाको जीवन गाथा जापानमा विमोचित



टोकियो ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा पत्रकार ददि सापकोटाद्वारा लिखित पुस्तक जीवन गाथा जापानको राजधानी टोकियोमा विमोचन गरिएको छ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, इन्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ र इन्जा एसिया शाखाका अध्यक्ष टङ्क पन्तले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

जीवजन्तुका आनि-बानी र उनीहरूको दैनिकीसम्बन्धी विषयको गहिरो अध्ययन गरी पत्रकार सापकोटाले उक्त पुस्तक तयार पारेका हुन्। पुस्तकको बारेमा प्रकाश पार्दै इन्जाका ग्लोबल सचिव दीपक रिजालले पुस्तकभित्र रहेका विषयवस्तु र जनावरको आनि-बानीका बारेमा उल्लेख गरे।

सापकोटाको यो पाँचौँ कृति हो। सो पुस्तक यसअघि नेपालमा विमोचन गरिएको थियो। दुःखेको युरोपबाहेक उनका सबै पुस्तक वन्यजन्तु र प्रकृति संरक्षणसँग सम्बन्धित छन्।

उनी पछिल्लो तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्। तीन दिवसीय अधिवेशनका लागि इन्जामा आबद्ध विश्वभरिका पत्रकारहरू तीन दिनअघि टोकियो पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्