ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

3.8k
Shares

चितवन ।

चितवनको रत्न नगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बुधबार राति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो।

मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।