वनमा लगेर १४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

6k
Shares

धनगढी ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।