केपी ओली कपको सेमिफाइनल आज

210
Shares

काठमाडौं ।

केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरू हुँदै छन्। सेमिफाइनलका दुवै खेल दशरथ रङ्गशालामा हुनेछन्।

पहिलो सेमिफाइनल खेल बिहान साढे ११ बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुने छ। जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

त्यस्तै अर्को सेमिफाइनल खेल दिउँसो ३ बजेदेखि मच्छिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुँदै छ। मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।

त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।