त्रिकोणात्मक टी-२० सिरिज : आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

308
Shares

काठमाडौं ।

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजे त्रिभुवन विश्व विद्यालय खेल मैदान कीर्तिपुरमा सुरु हुनेछ।

जारी सिरिजमा नामिबिया र नेदरल्यान्ड्सले एक-एक खेल जितेका छन्। दुवैले घरेलु टोली नेपाललाई हराएका हुन्। सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्यान्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो।

आईसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ। नामिबिया आईसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १५औं स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ।