प्रि-ओपन सेसनमा झिनो अङ्कले बढ्यो नेप्से

126
Shares

काठमाडौं ।

प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अङ्कले बढेको छ। बुधबार प्रि–ओपन सेसनमा १.२८ अङ्क बढेर नेप्से परिसूचक २००२.९३ विन्दुमा पुगेको छ।

यस सेसनमा २९ कम्पनीको ७६८ कित्ता सेयर किनबेच हुँदा २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ। यस सेसनमा १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको सेयर मूल्य घटेको छ।