नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता

588
Shares

काठमाडौं ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध घरेलु टोलीलाई तेस्रो सफलता मिलेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन्।

उनले नामिबियाका चौथो नम्बरका ब्याटर जन फ्राइलिंकलाई पाँच रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन्। खेलमा उनको यो दोस्रो विकेट हो।

यसअघि रोहितले जेपी कोट्जको विकेट लिएका थिए। उनको बलमा विवेककुमार यादवले उत्कृष्ट क्याच गरेका हुन्। नेपालका करन केसीले नामिबियाको पहिलो विकेट लिएका थिए। उनले पावर प्लेको अन्तिम बलमा विकेट लिएका हुन्।

करनले नामिबियाका मिचेल भान लिंगेनलाई आउट गरेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नामिबियाले १३ ओभरमा ३ विकेटको क्षतिमा १०२ रन बनाएर खेलिरहेको छ।