वाफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र लेवनान भिड्दै



काठमाडौं ।

साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दै छ।

साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजेदेखि सुरु हुने छ।

जोर्डन समूह ए मा तिनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन्। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १० : ४५ बजेदेखि सुरु हुने छ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्वाधिक ८ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन्। प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्