लंग आइल्याण्ड नेपाली समाजमा गौली नेतृत्वको वर्चस्व 

168
Shares

अमेरिका ।

लंग आइल्याण्ड नेपाली समाजमा कुलप्रसाद गौली (राजन) नेतृत्व समूहको वर्चस्व कायम भएको छ। २४ फेब्रुअरीमा भएको संस्थाको सातौं अधिवेशनमा अध्यक्ष गौलीसहित उनको प्यानलका अधिकांश पदाधिकारी र सदस्यसमेत विजयी भएका हुन् ।

अध्यक्षमा राजन गौलीले प्रतिद्वन्द्वी बाबुराम शर्मालाई ५३ मतले पराजित गरे । सय आठ मतदाता रहे पनि ५ सय ४३ मत मात्रै खसेको थियो । जसमध्ये गौलीले २ सय ९३ मत पाउँदा शर्माले २ सय ४० मत पाएका हुन् ।

पदाधिकारीमा एक सचिव र कोषाध्यक्षबाहेक सबै गौली प्यानलकै आएका छन् । वरिष्ठ उपाध्यक्षमा सावित्रा सिवाकोटी, उपाध्यक्षमा गोकुल सापकोटा, इन्दीरा सिंखडा आएका छन् भने महासचिवमा राजेन्द्र कार्की निर्वाचित भएका छन्।

सचिवमा दिपक अधिकारी र मोहन क्षेत्री निर्वाचित हुँदा कोषाध्यक्षमा निर्मला थपलिया र सह कोषाध्यक्षमा राम कुमार राई विजयी भएका छन् । मोहन र निर्मला शर्मा प्यानलका हुन्।

सदस्यहरूमा अम्बिका फुँयाल, विकास मैनाली,बिमला भण्डारी,ज्ञानु चन्द, नमिता पौडेल, नीरज सापकोटा, राज कुमार तामाङ, रबी खड्का, रोशनी सिटौला, सुजन रेग्मी, यमराज गिरी र सुमन बाँस्तोला विजयी भएको निर्वाचन समितिले जनाएको छ । स्थापनाको १४ वर्षपछि लङ आइल्याण्ड नेपाली समाजको पहिलो पटक समूहगत प्रतिस्पर्धा भएको हो।

गौली निवर्तमान वरिष्ठ उपाध्यक्ष र बाबुराम निवर्तमान महासचिव हुन्। निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै नवनिर्वाचित अध्यक्षसहित उनको समूहले आगामी दिनमा लंग आइल्याण्ड नेपाली समाजलाई बलियो बनाएर लान प्रतिस्पर्धी साथीहरूलाई समेत सँगै लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।