सशस्त्र प्रहरीद्वारा ७० लाखको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

1.7k
Shares

काठमाडौं ।

पर्सा जिल्लाको बिरगंज महानगरपालिका- २५ बहुअरीबाट फागुन १२ गते राती सशस्त्र प्रहरीले संकास्पद बिलबिजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलविजक संकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको डिएसपि शैलेन्द्र थापा जानकारी दिए।

लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मुल्य ४० लाख मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।