युनिफाइल लेवननमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली


काठमाडौं ।

युनिफाइल लेवननमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरेकाे छ  ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेबनान मा संयुक्त राष्ट्र अन्तरिम बल लेवननमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फालाई बदली गर्नको लागि  ईन्द्रध्वज गण (शान्ति सेना) ६५ औं डफ्फाका २१४ जना नेपाली शान्ति सैनिकहरु गणपति प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा संयुक्त राष्ट्र चार्टर्ड उडान मार्फत आज आइतबार काठमाडाैंबाट मिसन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

यस्तै, सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका २०८ जना नेपाली शान्ति सैनिकहरू सेनानी सुशिल बाँनियाको नेतृत्वमा यही फाल्गुण १३ गते नै स्वदेश फर्किएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका ८७३ जना शान्ति सैनिकहरू कार्यरत छन् ।