एडमिरल जोन सी एक्विनोद्वारा ‘अभ्यास शान्ति प्रयास-४’ को अवलोकन (तस्वीरसहित )


काठमाडौं ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ को आज आइतबार संयुक्त राज्य इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी. एक्विलिनोले अवलोकन गरेका छन्।

भ्रमणको दौरान उनलाई अभ्यास संचालन सम्वन्धमा जानकारी गराइएको थियो । त्यस अवसरमा एडमिरल जोन सी. एक्विलिनोले अभ्याससँग सम्बन्धित सैध्दान्तिक र व्यवहारिक गतिविधिहरुको अवलोकन तथा सहभागीहरूसँग अन्तर्क्रिया गरेका थिए ।

उनले अभ्यास शान्ति प्रयास-४ को सफल आयोजनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने कुरा व्यक्त गरेका छन् । उनले नेपाली सेनासँग यस किसिमको बहुराष्ट्रिय अभ्यासमा सहकार्य गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै अभ्यासमा सहभागी सबैलाई आभार प्रकट गरे ।

भ्रमणका दौरान बलाधिकृत रथी अशोक राज सिग्देल उपस्थिति थिए । यस्तै, रथीवृन्द, अधिकृतहरुको उपस्थिति रहेको थियो । यही शनिबार नेपाल आएका एडमिरल जोन सी. एक्विलिनोलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।