त्रियुगाका चार वडामा सिंचाई कुलो शिलान्यास

518
Shares

उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिकाका ४ वटालाई लक्षित गरी झण्डै एक करोडको लगानीमा सिचाई कुलो योजना निर्माण कार्य सुरु गरिएको छ ।  खेतीयोग्य जमिन भएर पनि सिचाईको अभाव झेल्दै आएका वडानं ६,७,८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २९३ रुपैँयाको लागतमा देउराली गुम्वा सिंचाई योजना सुरु गरिएको हो ।
संघ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्वीस सरकारको तीस र उपभोक्ताको दश प्रतिशत लगानीमा ६७५ मिटर लम्बाई रहेको उक्त योजनाको आईतबार कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिलान्यास गर्नु भएको छ ।
योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिकरुपले आत्मनिर्भर बनाउन सिचाई योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उपसभामुख दनुवारले ‘व्यक्तिलाई मात्र नभई पृथ्वीलाई नै पानी अपरिहार्य रहेकाले सिचाईलाई व्यवस्थित बनाउन सके मात्र कृषि क्रान्ति सम्भव हुन्छ ।
जमिन वचाउन नसक्दा युवाहरु विदेशीनु परेको तितो यर्थाथ सुनाउँदै छ, उपसभामुख दनुवारले ‘सिचाई अभावकै कारण किसानले कृषि कर्म गर्न छाडे र वेरोजगारको संख्या बढ्यो । उनले भनिन्, ‘मान्छेलाई विकास पनि चाहिएको छ तर आफ्नो जग्गा नमिचि बनाउनु पर्यो भन्ने छ, यस्तो अवश्थामा सरकारले कहाँबाट जग्गा उपलब्ध गराउने, त्यसैले विकासमा केही विनास हुनु स्वभाविक हो । त्यसैगरी त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले विकासले केही विकास गर्छ तर उपलब्धि त्यो भन्दा बढि हुन्छ, त्यसैले आउने विकासमा अवरोध नपुर्याउन आग्रह गरिन् ।
मदन भण्डारी स्मृति लोकमार्गको उदाहरण दिँदै उनले भनिन्, ‘हिजो विरामी वाहिर लैजान गाडी आउने सडक थिएन, जमिनमा उत्पादन भएका बस्तु विक्री गर्न लैजाने अवस्था थिएन, तर आज सडक बिस्तारले घर–घरमै व्यापारी सामान लिन आउँछन् त्यसलै जनता आत्मनिर्भर भएकी भएनन् ? उनले सिचाई कुलो निर्माणले कृषि उत्पादन, अर्थतन्त्र र जनतालाई आत्मनिर्भर बनाउन मद्धत पुग्ने भएकाले समयमा नै निर्माण सम्पन्न गरी लाभ लिन आग्रह गरिन् । उनले एक पटक बनेको कुलोले पुस्ता बित्ने भएकाले पारदर्शी ढंगले मजवुद बनाउन समेत आग्रह गरिन् ।