जिल्ला स्तरीय बुद्धिचालमा कोइराला प्रथम

378
Shares

धादिङ ।

नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न धादिङ जिल्ला व्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि धुनिबेसि खानी खोलाका मनिष कोइरालाले हाता पारेका छन्।

मच्छिन्द्र बहुमुखी क्याम्पसका मनिषले शनिवार  भएको पाँच चरणको खेलमा ५ जित निकालेका छन्।  सत प्रतिशत जित निकाल्ने क्रममा उनले संदिल श्रेष्ठ, राजेन्द्र रिमाल, शंकल्प पौडेल, सुदिन नेपाल र आशिष् लामिछाने माथि प्रभावशाली जीत दर्ता गर्दै नगद रु।७ हजार हात पारेको गल्छीका सन्दीप घिमिरेले जानकारी दिनुभयो ।

नमुना बागेश्वरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेशमराज खतिवडाको सक्रियतामा सञ्चालन भएको खेलमा गल्छिका स्थानीय व्यवसायी बिष्णु मिश्रले ४ अंक सहित दोस्रो स्थानमा रहन सफल भएका छन्। उनले नगद रु ५ हजार प्राप्त गरेका छज्। वैरेनीका रोशन दुवाडीले डाइरेक्टर इन्काउन्टरका आधारमा ४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहन सफल भएका छन्। उनले नगद रु। ३ हजार प्राप्त गरेका छन्।

धादिª जिल्लाका शीर्षस्थ ४३ स्थानीय खेलाडीहरूको सहभागिता रहेको बुद्धिचाल प्रतियोगितामा भेटेरानतर्फ खिम प्रसाद अमगाँईं, उत्कृष्ट युवा १६ मा सौगात ढकाल , उत्कृष्ट विद्यार्थीमा एलेक्स बर्तौला , उत्कृष्ट नमुना क्याम्पसका अपिल रिमाल र उत्कृष्ट महिला खेलाडी कृष्णा श्रेष्ठले आफूहरूलाई अब्बल प्रमाणित गर्न सफल भएका छन्। शनिवार  भएको समापन समारोहमा गल्छी गाउँपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले विजयी खेलाडीहरूलाई २१ हजार नगद पुरस्कार वितरण गरेका छन्। शिक्षा तथा खेलकुद शाखा प्रमुख पेमा डोर्जे थोकरले मेडल प्रदान गरेका थिए । नेपाल बुद्धिचाल संघका अध्यक्ष हीराका जी महर्जनले विजयी खेलाडी मनिष कोइरालालाई ट्रफी प्रदान गरेका छन्।