संखुवा खोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न


काठमाडाैं  ।

संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा।लि।बीच ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो ।

पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी ९गुराँस हाइड्रो० का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सुख्खा याम ९मंसिर १६ देखि जेठ १५० सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षा याम ९जेठ १६ देखि मंसिर १५० सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो ।
आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ ९भ्याटसहित० रहने आयोजनाका अध्यक्ष शिव प्रसाद घिमिरेले जानकारी दिए ।
विद्युत विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो । यस आयोजनाको बाँध संरचना संखुवासभाको सिलिचिङ गाउँपालिकमा रहेको छ भने विद्युत गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा छ । आयोजनाको विद्युत गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।
२०७७ सालमा विद्युतको ग्रिड कनेक्सन सम्बन्धि सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ ।