माल्दोवा पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने एक जना पक्राउ 

308
Shares

काठमाडौं । 
माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-७ घर भएका ६७ वर्षीय दल बहादुर बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बस्नेतले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्दोवा पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक २ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी उनलाई पर्सा वीरगंज महानगरपालिका-१३ राधेमाईबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।