आवासगृहमा आगलागी हुँदा ४ जनाको मृत्यु

3.3k
Shares

काठमाडाैं ।

स्पेनको आवासगृह अपार्टमेन्ट ब्लकमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने बेपत्ता १४ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

एबिसीन्यूजका अनुसार ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अग्नी नियन्त्रकहरू र सेना विशेषज्ञहरूले शुक्रबार पूर्वी स्पेनको शहर भ्यालेन्सियामा आगलागीले ध्वस्त भएको आवासीय गृह ब्लकमा चार व्यक्तिको मृत्यु भयो र १४ जना अझै जना बेपत्ता भएको बताएका छन् ।

भ्यालेन्सियाका नगर प्रमुख मारिया जोसे क्याटालाका अनुसार १४ तले भवन भत्किने खतरा र आगोबाट जारी तीव्र गर्मी दुवैले आपतकालीन कामदारहरूलाई सम्भावित जीवित व्यक्तिहरूको खोजीमा जानबाट रोकेकी थिइन् ।

आगलागी सुरु भएको करिब १५ घण्टापछि अग्निनियन्त्रकहरूले भत्किएको भवनका केही भागहरू निभाउन जारी राखेका थिए। क्याटालाका अनुसार छ जना घाइते व्यक्तिहरू शहरका अस्पतालहरूमा भर्ना भएको र तीमध्ये चार अग्निनियन्त्रकहरू पनि उपचारको अलागी अस्पतालमा लागिएको उनले बताईन ।

भवनमा कति मानिस थिए भन्ने थाहा नभएको तर दर्जनौंले आफ्नो घर र सामान गुमाएको विश्वास गरिएको छ। भवनका बासिन्दाहरूलाई त्यहाँका अतिथी गृह वा आफन्त वा छिमेकीहरूको घरमा बास दिइएको अधिकारीहरूले बताएका छन् ।