थापाथली प्रसूति गृहबाट बच्चा चोरी


काठमाडौं ।

थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको छ । शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो। अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको प्रहरीले जनाएको छ।

केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन्। प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ।