कांग्रेस सांसद डिबिलाई एक वर्ष कैद गर्न अदालतको फैसला

5.7k
Shares

दाङ ।

लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबि)लाई रूकुम जिल्ला अदालतले एक वर्ष कैद गर्ने फैसला सुनाएको पाइएको छ ।

न्यायाधीश को इजलासले राधा केसीको जाहेरीमा सुनुवाइ गर्दै २०४८ साल असार ९ गते एक वर्ष कैद र दुइ हजार रूपैयाँ जरीवाना गर्ने फैसाला सुनाएको अदालत स्रोतले जानकारी दिएको छ ।

श्रेस्तेदार मन्दिरा शाहीले पुरानो फैसला भएले हेरेर मात्रै भन्न सकिने बताइन । जिप्रका रूकुम पूर्व प्रमुख अन्जना श्रेष्ठले सांसद केसीलाई अदालतले कैद सजाए सुनाएको पुष्टि गरिन् । हामीलाई केही दिन अघि मात्रै अदालतबाट फैसला कार्यान्वयनका लागि पत्र आएको छ। डीएसपी श्रेष्ठले भनिन्- हामीले खोजी गरिरहेका छौँ ।

३२ वर्ष अघि जेल सजाए सुनाइए पनि फैसला कार्यान्वयन भने अझैँ हुन सकेको छैन् ।  केसी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर रूकुम पूर्व निर्वाचनमा प्रदेश (ख) सांसदबाट निर्वाचित भए ।

उनी गृह जिल्ला जाँदा प्रहरीकै सुरक्षा घेरामा हिड्ने गरेका छन् । तर, प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन् । केसीले सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । सांसद केसीले यस विषयम भेटेर मात्रै कुरा गर्ने प्रतिक्रिया दिएका छन् ।