देबी पराजुलीको रचनामा ‘बुट्टे चोली’ बोलको गीत सार्वजनिक

644
Shares

काठमाडाैं ।

देबी पराजुलीको रचना , मेलिना राई र मनोज राईको स्वर, मनोज साङसोनको संगीत रहेको बुट्टे चोलीमा बोलको गीत कमर्सियल भर्सनमा सार्वजनिक भएको छ ।

अर्जुन खडकाको निर्देशन रहेको उक्त गीत (Devi parajuli) युटुब च्यानल मार्फत बजारमा आएको छ । लोक सस्कृतिको जगेर्ना गर्दै लोकलयमा देखाउन खोजिएको उक्त गीत निक्कै श्रोता दार्शकहरुले मन पराउने अपेक्षा लिइएकाे छ  ।

उक्त गीतमा अष्ट्रेलियाको ताज्मेनियामा बसोबास गर्दै आएका प्रकाश उप्रेती र अमृता पराजुलीको मुख्य अभिनय रहेको छ भने अन्य कलाकारहरुको पनि अभिनय  गरेका छन् ।

समाजमा लोप हुँदै गएका सब्दहरुलाई गीत संगीतमार्फत उजागर गरिएकाे छ  । देवी पराजुलीका  हामी नारी, ए हजुर, नभन है परदेशी मलाई , कहिले म जीतमा रोएँ, दशै र बर्षमा पराईघर दिँदा, जन्म भूमि भन्दा ठूलो केही छैन जस्ता दर्जनौ गीतहरु बजारमा आएका छ्न् । उनी निजामती कर्मचारी पनि हुन् ।