अमेरिका पुगेका ८ नेपाली स्वदेश फिर्ता भएपछि…

146.8k
Shares

काठमाडौं ।

अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता गरेकाे छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो ।

अवैध बाटो प्रयोग गर्दै १० बढी देश हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले  जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”