अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


काठमाडौं । 

मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३८ मिलिग्रामसहित सोही महानगरपालिका-१७ बस्ने ३५ वर्षीय अनबर अलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            झापा, दमक नगरपालिका-६ दमक पश्चिम जेशिस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित गौरीगंज गाउँपालिका-३ रिमाल टोल बस्ने १९ वर्षीय गगन रिसिदेवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त घटनामा सोही ठाउँ बस्ने २७ वर्षीय रविन पासवान समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनलाई दमक नगरपालिका-६ थाना लाईनबाट पक्राउ गरेको छ ।

            यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ घर बताउने १९ वर्षीय निराज मण्डल र सोही नगरपालिका-६ घर बताउने १९ वर्षीय राहुल चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ बनगाई पचेहरास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयबाट पिपराबाट खटिएको प्रहरीले लु.२२ प ७५० नम्बरको मोटरसाइकलललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.३ प.२७१३ नम्बरको मोटरसाइकललाई समेत जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जना व्यक्ति मोटरसाइकल छोडी फरार भएका छन् । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको   छ ।

            बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह टंकपसरी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोल बस्ने २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय शिवदास राना र २० वर्षीय बिरेन्द्र राना रहेका छन् ।  अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१० पदमपुर बस्ने २३ वर्षीय बिकाश विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

            सप्तरी, खड्क नगरपालिका-३ बनरझुला टोल बस्ने ६० वर्षीय तारा प्रसाद चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ४ सय ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।