सुनकाे भाउ स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

2.2k
Shares

काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

यसअघि बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदीको भाउ तोलाकोे १४ सय रुपैयाँ रहेको थियो ।