बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

1.5k
Shares

काठमाडौं ।

प्रहरीले बैंकिङ कसुर मुद्दाका २ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक साविक मल्पीं- ३ का ५०  वर्षीय कान्छा लगुन रहेका छन् ।

उच्च अदालत पाटनले उनीविरुद्ध बैशाख १७ गते बैंकिङ कसुर मुद्दामा चार दिन कैद र तेह्र लाख रुपैया जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका लगुनलाई ललितपुर महानगरपालिका वडा-१२ लगनखेलबाट लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले   बिहीबार नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनलाई कैद भुक्तानका लागि काठमाडाैं जिल्ला अदालत पठाएकाे छ ।