त्रिविको २०औं उपकुलपतिमा बराल

1.4k
Shares

 काठमाडाैं  ।

त्रिभुवन विश्वविद्यालयका २०आ उपकुलपतिमा पोखरा विश्वविद्यालयका पुर्व उपकुलपति केशरजंग बराल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले २ नम्बरमा सिफारिस गरेको प्रा.डा. बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपति  बराल पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् ।

समितिले सिफारिस गरेको ४ दिनपछि कुलपति दाहालले उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । समितिको पहिलो नम्बरमा परेका चित्रबहादुर बुढाथोकीलाई पूर्वमन्त्री एवं माओवादी नेताद्धय देवेन्द्र पौडेल र वर्षमान पुनले उपकुलपति बनाउन दबाब दिएका थिए ।

 कुलपति दाहालले सिफारिस समितिमा सिफारिस भएका १४ जनाको नम्बर चढाएकाे  आधार अध्ययन गरेर दुई नम्बरका बराललाई नियुक्त गरेका हुन्।