सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

2.1k
Shares

काठमाडौं ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिशनमा सहभागी भवानीबक्स गण(शा.से), पाँचौं डफ्फालाई बदली गर्नको लागि दि फेमश महिन्द्रदल गण (शा.से), छैठौं डफ्फाका ११७ जना नेपाली शान्ति सैनिकहरु सेनानी दिपेश राना मगरको नेतृत्वमा संयुक्त राष्ट्र चार्टर्ड उडानमार्फत बुधबार काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका छन् ।

यस्तै, सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका ११६ जना नेपाली शान्ति सैनिकहरू सेनानी आदित्य कार्कीको नेतृत्वमा गते स्वदेश फर्किएका हुन्। हाल उक्त मिसनमा नेपाली सेनाका १२४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।