आल्भेसलाई जेल सजाय



एजेन्सी ।

बलात्कारको मुद्धामा दोषी ठहरिएपछि बार्सिलोनाका पूर्व खेलाडी डानी आल्भेसलाई साढे चार वर्षको जेल सजाय तोकिएको छ ।

४० वर्षका विश्व स्तरीय डिफेन्डरमाथि सन् २०२२ को डिसेम्बरमा बलात्कारको आरोप लागेको थियो । आल्भेसले आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका थिए ।बार्सिलोनाको नाईट क्लबमा बलात्कारको आरोप लागेका आल्भेसलाई बिहीबार मेडिकल परिक्षणको आधारमा स्पेनिस अदालतले दोषी ठहर गरेको हो ।

अदालतले आल्भेसलाई साढे चार वर्षको जेल सजाय र पीडित महिलालाई डेढ लाख यूरो क्षतिपूर्ति दिन आदेश दिएको छ । सन् २०२२ को डिसेम्बर ३१ को रात आल्भेसले मधपान गरेको अवस्था बलात्कार गरेको पीडित महिलाले उजुरी दिएका थिए । पीडित महिलाले उक्त रात नाइट क्लबमा आफुहरु दुवैजना सँगै नाचेको र पछि आफू शौचालयमा जाँदा आल्भेस पनि प्रवेश गरी बलात्कार गरेको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्