दक्षता अभिवृद्धिका लागि ६० जनालाई ट्राफिक नियन्त्रण तालिम

196
Shares

काठमाडौं । 
ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित ट्राफिक नियन्त्रण १५१ औं समूहको तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सोही कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन  गरेका छन् ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सडकमा सवारी साधनको चापलाई व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताएका छन् । यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना  र प्रहरी जवान ४७ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिए ।