लोयल्टी र काष्ठमण्डप सेमिफाइनलमा



काठमाडौं ।

आयोजक लोयल्टी ‘बी’ र काष्ठमण्डप १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।लोयल्टी ‘बी’ ले ब्रम्हकुञ्जलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । काष्ठमण्डपले काभ्यालाई ६–१ को फराकिलो गोलअन्तरले हरायो । काष्ठमण्डपका लागि विशांक कार्कीले ह्याट्रिक गर्दा साहस ढकाल र सुप्रिम बोहराले १–१ गोल थपे । एक गोल आत्माघाती थियो ।

पिस प्वाइन्ट र चेल्सी वल्र्ड स्कुलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे। पिस प्वाइन्टले हिमाल थिङको ह्याट्रिकको सहयोगमा नेपाल पुलिस स्कुललाई ३–१ गोलले पाखा लगायो।

पुलिसका सुदीप तामाङले १ गोल फर्काए। चेल्सीले इस्टपोललाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्