ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि



काठमाडौं ।

ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्।

किङडम हिमालयन बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको फाइनलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१–१० ले पराजित गरेको थियो। ग्रिनल्यान्डकी विहानी राईले १० अंक जोडिन्।

जुनियर ब्वाइजको फाइनलमा हिमरश्मिले भ्याली पब्लिकमाथि २६–२५ को रोमाञ्चक जित निकाल्यो। हिमरश्मिका आयुश पोखरेलले १२ स्कोर गरे। सिनियर ब्वाइजमा विल्सनले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ४३–३७ ले पाखा लगायो । विल्सनका युकेश गुरुङले १२ स्कोर गरे।

सिनियर ब्वाइजमा विल्सनका अनुप मगर, सिनियर गल्र्समा ग्रिनल्यान्डकी विहानी राई र जुनियर ब्वाइजमा हिमरश्मिका आयुश पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

सिनियर ब्वाइजमा किङडम हिमालयनका छेवाङ लामा, सिनियर गल्र्समा किङडमकै छिरिङ लामा र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुहान भण्डारी, सिनियर गल्र्समा फेरिल्यान्डकी कृतिका कटुवाल र जुनियर ब्वाइजमा किङडमका छिमे रिन्जेन लामा सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा प्रान्जली, सिनियर गल्र्समा किङडम हिमालयन र जुनियर ब्वाइजमा ह्वाइट माउन्टेनले अनुशासित टिमको उपाधि हात पारे।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, किङडम हिमालयनकी संस्थापक अध्यक्ष कान्छीमाया शेर्पा, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पालगायतले पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्