एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी

112
Shares

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने छन्।

जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौ वटा समूह विभाजन गरी  सामूहिक छलफल गरिरहेको छ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्य योजना प्रस्तुत गरेका थिए।

जसमा नौ समूहमा विभाजन गरी छलफल गरिएको हो। सोही समूहले आज प्रतिवेदनको निचोड सुनाउने भएको हो।