शिखर सम्मेलनका विषयमा प्रधानमन्त्री र मुख्यमन्त्री चौधरीबीच छलफल

238
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल  भएको थियो ।

‘प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको बिषयमा प्रदेश  सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु । सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राज्धानी क्षेत्रमा आउने विषयमा समेत छल्फल भएको छ ।’

यसबारे उनले थप भने, ‘सम्मानीय प्रधानमन्त्रीज्युले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको  कुरा भएको छ । प्रधानमन्त्रीज्युले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ  । प्रदेश सरकार र सदनको आग्रमा प्रधानमन्त्री १९ गते सदनलाई सम्बोधन गर्न आउन लाग्नु भएको हो । लुम्बिनीमा फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।’