सितापाइलामा हत्या प्रकरण : शव पोष्टमार्टमका लागि अस्पताल लगियो

19.6k
Shares

काठमाडौं ।

काठमाडौँको सितापाइलामा हत्या गरिएका तीन जना र हत्या गरेर आत्महत्या गरेका पुरुषको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

श्रीमतीसहित तीन आफन्तको हत्या गर्ने राजु घिमिरे भनिने काजी बिक, स्वयम्भूस्थित एक घरको बहालमा बस्दै आएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको शब पोष्टमार्टमका लागि लगिएको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्।

वृत्त प्रमुख चन्दका अनुसार राजुले श्रीमतीसहित तीन जनाको हत्या घरमै गरेका थिए । घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना समेत दिएका थिए । घटनाको अनुसन्धान भइरहेको उनले जनकारी दिइन् ।