सीतापाइला हत्या प्रकरण : चारै जनाको पहिचान खुल्यो

27.7k
Shares

काठमाडौं ।

काठमाडौंको सीतापाइलामा मृत भेटिएका चारै जनाको पहिचान खुलेको छ । सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भई नागार्जुन- ०६ डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको घरभित्रै हत्या भएको हो । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ । उनीहरूसँगै एक जना पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

 श्रीमती र दुई छाेरीको हत्या गरेर आफू झुण्डिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । । उनको शव घर भन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।