जीप दुर्घटना हुँदा दुईको मृत्यु, ४ जना घाइते

1.1k
Shares

काठमाडौं ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ अँधेरी खोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान ११ बजे बाह्रबिसे जान लागेको बा १२ च ४९९१ बोलेरो जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो । ६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन्।

घाइते चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे-७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा‌लाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।