स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा जोशी नियुक्त

364
Shares

काठमाडौं ।

सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा जोशीलाई परिषद्को सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

हाल गेटा अस्पतालमा प्रमुखको रूपमा कार्यरत डा जोशी वरिष्ठ हाड जोर्नी विशेषज्ञ हुन्। परिषद्का सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो।

रिक्त रहेको पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो। डा जोशी नेपाल चिकित्सक सङ्घका कोषाध्यक्षसमेत रहेका डा जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन्।