एमाले दाङको अभियान : पालिकास्तरमा पार्टी सदस्यलाई प्रशिक्षण

140
Shares

हापुरे ।

नेकपा एमाले दाङले पालिकास्तरमा पुगेर पार्टी प्रशिक्षण कार्यक्रम गर्न सुरु गरेको छ । नेकपा एमाले दाङको स्कुल विभागको आयोजना र स्थानीय पालिका कमिटीको  व्यवस्थापनमा पार्टी प्रशिक्षण कार्यक्रम सुरु भएका हुन् ।

नेकपा एमालेले सुरु गरेको प्रशिक्षण कार्यक्रम बंगलाचुली, शान्तिनगर र बबई गाउँ कमिटीले सम्पन्न गरेका छन् । स्कुल विभागले स्थानीय कमिटीलाई प्रशिक्षक उपलब्ध गराउने गरेको स्कुल विभाग संयोजक बिबेक श्रेष्ठले जानकारी  दिए ।

पार्टीको संगठन निर्माण, लेखा व्यवस्थापन, सदस्यता व्यवस्थापन र स्थानीय रुपमा पार्टीलाई थप बलियो बनाउनका लागि आगामी रणनीति तय गर्ने र मिसन २०८४ लाई सफल बनाउन समेत पार्टी प्रशिक्षण कार्यक्रम प्रशिक्षण दिने गरेको स्कुल विभाग दाङका सदस्य बिनोद केसीले जानकारी दिए।

नेकपा एमाले दाङको तीन दिनसम्म घोराहीमा सम्पन्न भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई बस्तीस्तरमा पु¥याउने उद्देश्यका साथ दोस्रो चरणमा पालिकास्तरमा पुग्ने लक्ष्य राखिएको नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए । यसपछि तेस्रो चरणमा वडास्तरमा समेत पुग्ने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

पार्टी प्रशिक्षण कार्यक्रम अन्तर्गत गढवामा फागुन ७ र ८ गते तय गरिएको छ । त्यसपछि तुलसीपुर, दंगीशरण, घोराही, राप्ती, लमही र राजपुरमा तय गरिएको विभागका सदस्य केसीले जानकारी दिए ।

फागुन महिनाभित्र जिल्लाका सबै स्थानीय कमिटीलाई प्रशिक्षण दिने लक्ष्य राखिएको नेकपा एमाले दाङका सचिब मनोहर बुढाथोकीले जानकारी दिए । पालिकास्तरमा नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु समेत सहभागी हुने गरेका छन् ।