२ करोड ८३ लाखको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

4.1k
Shares

बारा। 

प्रहरीले बाराबाट दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।  इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराबाट खटिएको प्रहरी टोलीले शुक्रवार राति   ११ बजे  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगन्ज चोकबाट दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

वीरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेका ना ७ ख १६५२ नं र  ना ८ ख ४१६५ नं ट्रकहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढी  स्रोत खुलाउन नसकेको २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रुपियाँ  बराबरको समान फेला परेको बारा प्रहरीका सूचना अधिकारी  प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले बताए।

उनका अनुसार  ना ७ ख १६५२ नं को ट्रकमा प्याडलक गरिएको २,५०,६३,१२२ रुपियाँ  बराबरको र  ना ८ ख ४१६५ नंकप ट्रकमा ३३,२६, ,८६७ मूल्य बराबरको समान फेला परेको छ।

उक्त ट्रकहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।