भीरबाट खसेर एक पुरुषको मृत्यु

896
Shares

दार्चुला ।

दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन् । सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।