पाटेबाघ मृत फेला

238
Shares

नवलपरासी ।

पूर्वी नवलपरासीमा शुक्रबार वयस्क पाटेबाघ मृत फेला परेको छ । जिल्लाको मध्यविन्दु १० र १२ जोड्ने जंगल खण्डको सडक छेउ भाले बाघ मृत फेला परेको हो ।
जंगल भीत्रको बाटोमा बाघ मृत देखेपछि स्थानीयले प्रहरी र वन कार्यालयमा खवर गरेका थिए ।

बाघ केही दिन अघि नै काल गतिले मरेको जस्तो देखिए पनि आवश्यक अनुसन्धान भई रहेको बताईएको छ । दुम्किबास अरूणखोला क्षेत्रमा बिगत केही महिनादेखि बाघले घर पालुवा जनावर तथा मानिस लाई आक्रमण गर्दै आएको थियो ।

दूर्लभ पाटे बाघ मृत भेटिनु दुखद कुरा भएको बताउँदै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेकाछन् ।
तस्बिर: सामाजिक संजाल