नेदरल्याण्डसविरुद्ध नेपालले टस जित्यो



काठमाडौं ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निरन्य गरेका हुन् । योसँगै नेदरल्यान्ड्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो अफिलो खेल खेल्दै छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

आजको खेलमा नेपालको टिममा दिपेन्द्र सिंह ऐरी, देव खनाललाई प्लेइङ ११ मा समावेश गरिएको छ । नेपालको प्लेईङ ११( रोहित पौडेल ९कप्तान०, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी ।

लिग( २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग(२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्