लैगिंक समानता र न्यायका लागि ‘उर्लंदो सय करोड’ अभियान

752
Shares

काठमाडौं । 

नेपालमा जारी १६ औँ विश्व सामाजिक मञ्चअन्तर्गत महिला र बालबालिकामाथि हुने हिंसा र अन्यायविरुद्ध सङ्गत नेपाल र टेवाको नेतृत्वमा अन्य ३५ ओटा संस्थाको सहकार्यमा वन विलियन राइजिङ्ग कार्यक्रमकाे आयोजना गरी मनाइको छ ।

भृकुटीमण्डपमा शुक्रबार पितृसत्ता, जातियता, लैंगिक विभेद लगायतका विषयमा छलफल भएको हो । शुक्रबार संगत नेपाल र टेवा नेतृत्वमा अन्य ३५ वटाभन्दा धेरै संघसंस्थाहरुले वान बिलियन राइजिङ थिम अर्थात् (उर्लंदो सय करोड) नारासहित विभिन्न कार्यक्रम भएका थिए।

हिंसा प्रभावित महिला बालिकाको मानव अधिकारको रक्षा र स्वयम् प्रभावितहरूमा आत्मविश्वास जगाउने तथा हिंसा पीडितले सामना गरेको हिंसालाई प्रतिरोधस्वरूप गीत, नृत्यमार्फत हामी अझै सक्षम छौ र खुलेर जिउन चाहन्छौ भन्ने आशय उर्लंदो सय करोडको रहेको छ । एक तथ्यांक अनुसार विश्वमा प्रत्येक ३ महिला मध्ये १ जना आफ्नो जीवन कालमा कुनै न कुनै रुपमा हिंसाको चपेटामा परेको देखाएको छ ।

उर्लदो सय करोडले महिला हिंसाको अन्त्य र न्यायको माग गरेको संगत नेपालकी संयोजक दुर्गा सापकोटाले जानकारी दिइन् । कार्यक्रममा पीडितहरुले सामना गरेको हिंसालाई प्रतिरोधस्वरुप गीत, नृत्य, कलामार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालसहित दर्जनौँ देशमा महिला अधिकारवादीहरु सहभागी थिए ।