यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा



काठमाडौं ।

यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा यूएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

७१ रनको लक्ष्य पाएको थाइल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाएपछि खेल ४ रनले हारेको थियो।

यसअघि यूएईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो। यो जितपछि युएई प्रतियोगिताको फाइनलमा पुगेको छ भने महिला एसिया कपका लागि छनौट समेत भएको छ।

अब यूएईले अर्को सेमिफाइनलमा मलेसिया र नेपालबीचको विजेतासँग फाइनलमा खेल्ने छ। मलेसिया र नेपालबीचको दोस्रो सेमिफाइनल खेल आजै हुँदै छ।

प्रतिक्रिया दिनुहोस्